सुनको भाउमा सामान्य गिरावट, चाँदीको मूल्य भने वृद्धि

Oct 11, 2021 12:21 PM Merolagani



लगातार बढेको सुनको भाउमा सोमबार सामान्य गिरावट भएको छ । असोज २५ गते सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन पनि ९० हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघको तथ्यांकमा उल्लेख गरिएको छ । अघिल्लो कारोबार दिन सुन तोलामा १०० रुपैयाँले उकालो लागेर प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको थियो ।

सोमबार चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच हुँदैछ । आइतबार चाँदी पाँच रुपैयाँले नै बढेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।