कोका–कोलाले फ्रन्टलाइन हिरोजहरुलाई “धन्यवाद” ज्ञापन गर्न शरू गर्याे अन–ग्राउन एक्टिभेसन

Oct 11, 2021 12:32 PM Merolagani



कोका–कोलाले सबै प्रियजनहरु प्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ हालै दशैँ अभियानको लन्च गरेको छ । “धन्यवाद” शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सधैँ सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु रहेकाे कम्पनीले बताएकाे छ ।

दशैंँ अभियानको एक हिस्साको रूपमा, कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन शुरू गरेको छ । यसको मुख्य उद्येश्य भनेको फ्रन्टलाइन नायकहरुलाई उनीहरुले प्रदान गरेको समर्पण र समुदायको लागी दिएको सेवाको लागी कोका–कोलाको तर्फबाट “धन्यावाद” व्यक्त गर्नु रहेकाे कम्पनीले जनाएकाे छ । यो कृतज्ञता प्रदान गर्नको लागि कोका–कोलाले अग्रपंक्तिका नायकहरुसँग संलग्न रहेर “धन्यवाद” उपहार बक्सलाई बाढ्दै छ । यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरुमा नाम अंकित गरिएको छ र साथै कोका–कोलाको कन्टूर ग्लास पनि यसमा समावेश रहेको छ ।

पहिलो एक्टिभेसनको सफलतापूर्वक आयोजना चारवटा गैर–सरकारी संस्थामा गरिएको थियो । महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरुको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए । आगामी दिनहरुमा कोका–कोलाले देशको अग्रणी नायकहरु प्रति आभार प्रकट गर्नको लागी अस्पताल र ट्राफिक पुलिस सहित धेरै संगठनहरुको भ्रमण गर्ने पनि कम्पनीकाे विज्ञप्तीमा लेखिएकाे छ ।

 

 




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।