त्रैमासिक औसत आधार दर बृद्धि हुँदा ब्याजदर बृद्धि नगर्न, ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न तथा जुनसुकै समयमा पनि ब्याजदर घटाउन यस व्यवस्थाले बाधा नपर्ने केन्द्रिय बैंकले जनाएको छ।
"कर्जाको ब्याजदर वृद्धि गर्दा त्रैमासिक औसत आधार दरमा भएको वृद्धिसम्म मात्र वृद्धि गर्न सकिने छ र यस्तो वृद्धि एक त्रैमासमा एकपटक मात्र गर्न सकिनेछ । तर, त्रैमासिक औसत आधार दर बृद्धि हुँदा ब्याजदर बृद्धि नगर्न, ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न तथा जुनसुकै समयमा पनि ब्याजदर घटाउन यस व्यवस्थाले बाधा पर्ने छैन ।" एकिकृत निर्देशिकामा भनिएको छ।
यसरी त्रैमासिक रुपमा औसत आधारदरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने नहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा स्पष्ट रुपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गर्नुपर्नेछ ।
परिवर्तनीय ब्याजदर आधारदरसँग आबद्ध गर्दा इजाजतपत्र प्राप्त संस्थाको कोर बैंकिङुग सिस्टम मार्फत त्रैमासिक औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नुपर्नेछ ।
यसअघि कर्जाको ब्याजदर वृद्धि गर्दा आधार दरमा भएको वृद्धिसम्म मात्र वृद्धि गर्न सकिने व्यवस्था रहेको थियो।
मासिक रुपले आधार दर गणना गरी महिना समाप्त भएको ७ दिनभित्र केन्द्रिय बैंकमा पेश गर्न समेत निर्देशन दिएको छ। यसअघि बैंकहरुले आधार दर महिना समाप्त भएको १५ दिनभित्र राष्ट्र बेंकमा पठाउनुपर्ने व्यवस्था थियो।
