आईसीएफसीको लाभांश घोषणा

Oct 17, 2021 11:09 AM Merolagani



आईसीएफसी फाइनान्स (ICFC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्सले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २५ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

गत असार मसान्तसम्ममा फाइनान्सको चुक्ता पूँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० रुपैयाँ थियो। १० प्रतिशतका दरले १० करोड २४ लाख २६ हजार ५८० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी १ अर्ब १२ करोड ६६ लाख ९२ हजार ३८० रुपैयाँ पुग्नेछ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।