सिटिजन्स बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

Oct 17, 2021 11:38 AM Merolagani



सिटिजन्स बैंक (CZBIL) ले लाभांश पारित गर्न पन्ध्रौं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, दरबारमार्ग, काठमाडौंमा कात्तिक १६ गते साँझ ४ बजे साधारण सभा बोलाएको हो।

बैंकको साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख रुपैयाँ र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख रुपैयाँ नगद लाभांश (कर सहित) पारित गर्नेछ।

यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ।

बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारमा जान उपयुक्त देखिए बैंकको चल/अचल सम्पत्ति र दायित्व तथा कारोबार मूल्याङ्गन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने तथा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सोको प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

बैंकले जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा बैंकको प्रबन्धपत्र समेत संशोधन गर्ने तयारी गरेको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।