सिटिजन्स बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो

Oct 17, 2021 11:38 AM Merolagani



सिटिजन्स बैंक (CZBIL) ले लाभांश पारित गर्न पन्ध्रौं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, दरबारमार्ग, काठमाडौंमा कात्तिक १६ गते साँझ ४ बजे साधारण सभा बोलाएको हो।

बैंकको साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख रुपैयाँ र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख रुपैयाँ नगद लाभांश (कर सहित) पारित गर्नेछ।

यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ।

बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारमा जान उपयुक्त देखिए बैंकको चल/अचल सम्पत्ति र दायित्व तथा कारोबार मूल्याङ्गन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने तथा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सोको प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

बैंकले जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा बैंकको प्रबन्धपत्र समेत संशोधन गर्ने तयारी गरेको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।