सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल बढ्न थाल्यो

Oct 17, 2021 03:25 PM Merolagani



आम सर्वसाधारणहरु बडा दसैं मनाउन काठमाडौंबाट गाउँ फर्किएसँगै महाष्टमीदेखि सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ । आइतबार (आज) देखि कार्यालयहरु नियमित रुपमा सञ्चालनमा आउन थालेपछि काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको हो ।

कार्यालय र मान्यजनको हातबाट दसैंको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ ।
दसैंपछि कार्यालयहरु खुलेका र टीका लगाउन आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो ।

असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ । दसैमा परिवारका ठूलो सदस्यहरुबाट टीका तथा जमरा लगाइने चलन छ ।

 




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।