सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल बढ्न थाल्यो

Oct 17, 2021 03:25 PM Merolagani



आम सर्वसाधारणहरु बडा दसैं मनाउन काठमाडौंबाट गाउँ फर्किएसँगै महाष्टमीदेखि सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ । आइतबार (आज) देखि कार्यालयहरु नियमित रुपमा सञ्चालनमा आउन थालेपछि काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको हो ।

कार्यालय र मान्यजनको हातबाट दसैंको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ ।
दसैंपछि कार्यालयहरु खुलेका र टीका लगाउन आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो ।

असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ । दसैमा परिवारका ठूलो सदस्यहरुबाट टीका तथा जमरा लगाइने चलन छ ।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।