आइएमई जनरल एशियाकाे बेष्ट इम्प्लोएर अवार्डबाट सम्मानित

Oct 17, 2021 03:25 PM Merolagani



आइएमई जनरल इन्स्योरेन्स (IGI) एशियाको उत्कृष्ट रोजगार सेवा प्रदान गर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । 

भारतको मुम्वईमा अक्टोवर ७ गते आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सलाई वल्र्ड एचआरडी कंग्रेसले एशियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१ बाट सम्मानित गरेको हो ।

डिजिटल माध्यमद्धारा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्मान ग्रहण गरेका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले इम्प्लोई ब्राण्डिङ इन्ष्टिच्यूट, वल्र्ड एचआरडी कंग्रेस र अन्य रणनीतिक साझेदार कम्पनीहरुलाई धन्यवाद दिदै कम्पनीको उपलब्धीमा आ–आफ्नो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउने सबैलाई कृतज्ञता व्यक्त गरे ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उक्त सम्मानबाट सिंगो कम्पनीलाई थप हौसला प्राप्त भएको बताउदै आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।