नियम मिचेर कारोबार गर्ने शेयर खेलाडीहरुलाई सेबीले नयाँ तरिकाले कारवाही गर्ने

Oct 19, 2021 06:18 AM Merolagani



शेयर बजारमा नियम मिचेर कारोबार गर्ने खेलाडीहरुलाई कारवाही गर्नकालागि मार्केट रेगुलेटर सेबीले नयाँ कदम चाल्ने भएको छ । सेबीले अब डाटा एनालाईटिक्स, कल रेकर्ड, बैंक ट्रान्जेक्सन लिंक र सामाजिक संजालका कनेक्सनकाे प्रयोग गर्ने भएकाे हाे ।

इन्साइडर ट्रेडिंगसँग सम्बन्धित केसहरुको निरिक्षण सेबी एक्सचेन्ज र बजार इन्टरमिडियरीको टिप र सुचनाका आधारमा भइरहेको छ । शंकाका आधारमा कारोबार प्याटर्न बनाइने गरिन्थ्याे तर अब भने कल डाटा रेकर्ड र सामाजिक संजालका खातामा भएका जानकारीको प्रयोग भइरहेको छ ।

सेबीले कसले, कसलाई, कहिले, कतिपटक फोन गरिहेको छ भन्ने आधारमा केस बनाउन सक्ने भएकाे छ । यसबाहेक शंकास्पद व्यक्तिहरूका सम्बन्ध प्रमाणित गर्नकालागि फेसबुक, ट्वीटर, लिंक्डइन खातामा पनि निरिक्षण गरिने भएको छ । अहिले सेबीले सम्बन्ध पत्ता लगाउनकालागि विशेष किसिमको एल्गोरिदम अर्थात् कम्प्युटर एप्सबाट ठुलो सहयोग प्राप्त गरेको छ ।

इन्साइडर ट्रेडिंग पत्ता लगाउन सेबीको सिस्टमले हरेक दिन दुई करोड कारोबार तथा अन्य डिटेल जाँच गर्ने गर्दछ । यस किसिमको जाँचमा शंकास्पद व्यक्तिका साथै उसका सहयोगी, सहकर्मी र परिवार समेत शंकाकाे घेरामा पर्ने गर्दछन् ।

सेबीको आर्थिक वर्ष २०२१ को वार्षिक रिपोर्टका अनुसार अलर्टबाट शंकास्पद व्यक्तिहरुको लाइब्रेरी तयार गरिने गर्दछ जसबाट नियम पटकपटक मिच्नेहरुलाई कारवाही गर्न सजिलो हुन्छ ।

 




नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।