साधना लघुवित्तको मूल्य समायोजन

Oct 20, 2021 06:05 AM Merolagani



कात्तिक ३ गते, बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड (SDLBSL) को शेयरमूल्य समायोजन भएको छ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो। लघुवित्तको यस दिन २५ प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ४१५ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले कात्तिक १३ गते, शनिबार, बिहान ११ बजे, होटल गोरखा बिसौनी, गोरखामा पाँचौ वार्षिक साधारण सभा डाकेको छ। सभाले हाल कायम चुक्तापूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्वीजिशन गर्ने सम्बन्धित कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।