आफूहरुले चाहे सरकार एक हप्ता भित्रै ढाल्न सक्छौंः केपी ओली

Oct 20, 2021 04:35 PM Merolagani

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहे सरकार एक हप्ता भित्रै ढाल्न सक्ने बताएका छन् । प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीले तर आफूहरुको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पारे ।

बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले पनि यो सरकार ढालि दिउ भन्ने हो भने धेरै त नभनौं, एक हप्ता भित्र यो सरकार जान्छ । एमालेले ढाली दिउ भन्ने हो भने । यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिन भित्र ढाल्न दिन्छौं । लोभीपापीहरु छन, दिए भईगो नि । ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र । दिए सिद्धिने कुरा छ त्यहाँ,’ ओलीले भने ।

देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने पनि उनले बताए । देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरुले निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको पनि ओलीले बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।