आफूहरुले चाहे सरकार एक हप्ता भित्रै ढाल्न सक्छौंः केपी ओली

Oct 20, 2021 04:35 PM Merolagani



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहे सरकार एक हप्ता भित्रै ढाल्न सक्ने बताएका छन् । प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीले तर आफूहरुको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पारे ।

बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले पनि यो सरकार ढालि दिउ भन्ने हो भने धेरै त नभनौं, एक हप्ता भित्र यो सरकार जान्छ । एमालेले ढाली दिउ भन्ने हो भने । यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिन भित्र ढाल्न दिन्छौं । लोभीपापीहरु छन, दिए भईगो नि । ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र । दिए सिद्धिने कुरा छ त्यहाँ,’ ओलीले भने ।

देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने पनि उनले बताए । देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरुले निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको पनि ओलीले बताए ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।