२४ घण्टामा ६६२ जनामा कोभिड १९ पुष्टि, १३ संक्रमितको मृत्यु

Oct 20, 2021 05:12 PM Merolagani



नेपालमा थप ६६२ जना कोभिड १९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार २२ पीसीआर परक्षिणबाट ५३५ जना र एक हजार ४०४ एन्टिजेन परीक्षणबाट १२७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार एक दिनमा १३ जना संक्रमितको मृत्यु भएको छ । सोहि अवधिमा संक्रमणबाट मुक्त हुनेको संख्या भने ७५८ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका १९२ जना, ललितपुरका ३५ जना र भक्तपुरका २३ जना रहेको मन्त्रालयले जनाएको छ । हाल देशभरमा सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।