दशैंमा ७२ लाख एसएमएस आदानप्रदान, किन घट्दै छ मोबाइल म्यासेजको प्रयोग ?

Oct 21, 2021 01:31 PM merolagani

दशैंमा मोबाइल सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको सिम प्रयोग गरी व्यक्तिगतरुपमा ७२ लाख मानिसले एसएमएस मार्फत शुभकामना आदानप्रदान गरेका छन । नेपाल टेलिकमका अनुसार फुलपातीदेखि एकादशीसम्म ७२ लाख ५० हजार एक सय जनाले मोबाइल एसएमएस प्रयोग गरेर शुभकामना व्यक्त गरेका हुन् ।

गत बर्ष यो समयमा एसएमएस प्रयोग गर्नेको सङ्ख्या करोडमाथि भएपनि पछिल्ला बर्षहरुमा मोबाइल एसएमएस मार्फत म्यासेज पठाउनेको संख्यामा गिरावट आएको छ ।

प्रविधिको विकाससँग अहिले नेपालमा माबाइल एसएमएसको प्रयोग दर घट्दै गएको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारी पनि स्वीकार गर्छन् ।

‘विगतका बर्षहरुमा टेलिकमको मोबाइल एसएमएसबाटै अत्याधिक शुभकामना आदान प्रदान हुने गरेको थियो’ प्रवन्ध निर्देशक अधिकारी भन्छन् ‘गत बर्ष र अहिले मोबाइल म्यासेजमा त्यति धेरै प्रयोग र उत्साह देखिएन’ ।

खासगरी सामाजिक सञ्जाल र म्यासेजिङ एपको बढ्दो प्रयोगले मोबाइलबाट म्यासेज पठाउने तथा कल गर्नेको संख्या घटिरहेको अवस्थामा पनि ७० लाखको हाराहारीमा म्यासेज अदान–प्रदान भएको टेलिकमले जनाएको छ ।

अहिले  म्यासेजिङ एप्लिकेशनको बजारमा चर्को प्रतिस्पर्धा हुँदै आएको छ । भाइबर ह्वाट्सएप, इमो, टेलिग्राम लगाएत नयाँ नयाँ  म्यासेजिङ एपको बिकास हुँदै गएका छन् ।

 

म्यासेन्जिङ एप मार्फत नै सबैभन्दा बढी म्यासेज तथा भिडियो कुराकानी हुने गरेको छ । जसले गर्दा नेपालमा पनि टेलिकम सेवाप्रदायकले दिने म्यासेज सेवा प्रयोग विहिन हुँदै गएका छन ।

मोबाइल सेवाप्रदायकको सबैभन्दा बढी एसएमएसको ब्यापार चाडपर्व, दशैं तिहार र नयाँ बर्षमा हुने गरेको प्रवन्ध निर्देशक अधिकारीकाे भनाई छ । एमएसएस प्याकेज ल्याएपनि पछिल्लो समय प्याकेज प्रयोग नहुने अवस्था रहेको टेलिकमको भनाई छ ।

अझ अहिले फेसबुक,इन्टाग्राम, म्यासेन्जरले म्यासेन्जिङ एपको बजार लिँदै आएको छ । टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले दिएको जानकारी अनुसार दसैंको टिकाको दिनमात्रै ४० लाख ७० हजार म्यासेज आदान प्रदान भएका थिए जुन अघिल्लो साल भन्दा बढी हो ।

२०७७ सालको दशैंको टिकाको दिन कुल २९ लाख मोबाइल म्यासेज आदान प्रदान भएको थियो ।

अहिले फेसबुक म्यासेन्जर नै ८० प्रतिशत प्रयोग हुन्छ,डेटाको प्रयोग बढ्दै गर्दा मोबाइल म्यासेजको अस्तित्व जोगाउन गाह्राे भएको डिल्ली अधिकारीको टिप्पणी छ ।

म्यासेजन आदानप्रदानको दर घटेको भएपनि मोबाइल म्यासेजको विश्वास नेपाली ग्राहक माझ अझै रहेको अधिकारीको भनाई छ । ओभर दि टप सेवाको प्रयोगले मोबाइल भ्वाइस कल,अन्तराष्ट्रिय कलबाट हुने आम्दानी ५० प्रतिशत गुमाउदै गएका छन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।