पैसा नभएको चेकबाट भुक्तानी दिने सिंहलाई ११ लाख जरिवाना

Oct 21, 2021 05:06 PM MeroLagani

खातामा पैसा नभएको चेक काटी भुक्तानी दिएको अभियोगमा सुर्यविनायक नगरपालिका वडा नंं. ८ सिपाडोल निवासी रामनाथ सिंह पक्राउ परेका छन् ।

निजले प्रभु बैंक भक्तपुर शाखाको चेक काटेर खातामा रकम नभएको जानी जानी भुक्तानी दिएकर झुक्यानमा पारेको पीडित पक्षले जनाएको छ । उच्च अदालत पाटनले निजलाई बैकिङ कसुर ऐन २०६४ बमोजिम ११ लाख रुपियाँ जरिवाना र ४ दिन कैदनको फैसला गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

निजलाई कमलपोखरी, काठमाडौंबाट पक्राउ गरिएकोमा कात्तिक ४ गते फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।