सांग्रिला डेभलपमेन्ट बैंकको मूल्य समायोजन

Oct 22, 2021 08:10 AM Merolagani



कात्तिक ५ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) को शेयरमूल्य समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपश्चात बैंकको मूल्य ३३४ रुपैयाँ ५५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार बैंकको शेयर प्रतिकित्ता ३६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा सत्रौँ वार्षिक साधारण सभा डाकेको छ।

कात्तिक ७ गते आइतबार यही समायोजित मूल्यका आधारमा बैंकको शेयर कारोबार खुल्नेछ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।