सांग्रिला डेभलपमेन्ट बैंकको मूल्य समायोजन

Oct 22, 2021 08:10 AM Merolagani



कात्तिक ५ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) को शेयरमूल्य समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपश्चात बैंकको मूल्य ३३४ रुपैयाँ ५५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार बैंकको शेयर प्रतिकित्ता ३६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १६ गते लैनचौर ब्याङ्क्वेट, लैनचौरमा सत्रौँ वार्षिक साधारण सभा डाकेको छ।

कात्तिक ७ गते आइतबार यही समायोजित मूल्यका आधारमा बैंकको शेयर कारोबार खुल्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।