निष्क्रिय कर्जा घटेपछि बेष्ट फाइनान्स नाफामा, प्रतिशेयर आम्दानी कति पुग्यो?

Oct 24, 2021 06:23 AM Merolagani



बेष्ट फाइनान्स लिमिटेड (BFC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार निष्क्रिय कर्जा घटेसँगै फाइनान्स नाफामा गएको देखिन्छ।

फाइनान्सले पहिलो त्रैमाससम्ममा १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको यस्तो नाफा ८९ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

निष्क्रिय कर्जा उल्लेख्य घटेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा फाइनान्सको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा १४.२६ प्रतिशतबाट घटेर ४.०५ प्रतिशतमा झरेको छ। त्यसैगरी, असोज मसान्तसम्ममा फाइनान्सको १२ करोड ६६ लाख ९८ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३.५७ प्रतिशत घटेको छ। यद्यपी, फाइनान्सको कुल सञ्चालन आम्दानी ८०.३९ प्रतिशत बढेको छ। फाइनान्सको खुद नाफा ऋणात्मकबाट धनात्मक भएपनि वितरण योग्य मुनाफा भने २७ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा फाइनान्सको जगेडा कोष ९४.७१ प्रतिशत बढेको छ भने निक्षेप ४.३२ प्रतिशत र कर्जा ५३.११ प्रतिशत बढेको छ।

त्यसैगरी, असोज मसान्तसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ४७ पैसा, मूल्य आम्दानी अनुपात ७.३४ गुणा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा रहेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।