झन्डै ६ महिना रोकिएको नयाँ लाइसेन्स आवेदन यो हप्ता खुलाउदै यातायात विभाग

Oct 24, 2021 10:54 AM Merolagani



करिब ६ महिना रोकिएको नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदन आगामी शुक्रबारसम्म खुल्ने निश्चित भएको छ। गत हप्ता नै खुलाउने भनेपनि प्राधिकरणले सम्भव नभएपछि विभागले यो हप्ता लाइसेन्स आवेदन खुलाउने भएको हो।

काठमाडौं उपत्यकाका यातायात कार्यालयहरुमा पुराना बाँकी रहेका प्रयोगात्मक ट्रायल परीक्षाको चापका कारण लाइसेन्स आवेदन खुलाउन दुई महिना होल्ड गरेको थियो।

बाँकी सेवाग्राहीको ट्रायल सकेपछि मात्रै नयाँ आवेदन खुलाउने भनेपनि चौतर्फि दबावका करण छिटै आवेदन लिने निर्णयमा यातायात व्यवस्था विभाग पुगेको हो।

यातायात विभागका महानिर्देशक नमराज घिमिरेले यो हप्ता भित्र नयाँ सेवाग्राहीका लागी लाइसेन्स आवेदन खुल्ने बताए।

मेरोलगानीसँग कुरा गर्दै विभागका महानिर्देशक घिमिरेले भने, ‘दशैं लगतै खुलाउने हाम्रो तयारी थियो तर, सिस्टममा समस्या आएपछि एक हप्तापछि धकेलिएको हो, शुक्रबारसम्ममा सेवाग्राहीले नयाँ लाइसेन्स आवेदन दिन पाउनुहुनेछ’।

उनका अनुसार प्रयोगात्मक परीक्षा दिने सेवाग्राही आधा नै बाँकी रहेका छन्। नयाँ लाइसेन्स लिन चाहने सेवाग्राहीको हितमा यो निर्णय लिइएको घिमिरेको भनाई छ। गत भदौबाट लाइसेन्स प्रयोगात्मक परीक्षा ‘ट्रायल’ खुलेको थियो।

गत बैशाखमा कोरोना भाइरसका कारण लकडाउन भएपछि सवारी अनुमति पत्र आवेदन बन्द भएको थियो। नयाँ लाइसेन्स लिन चाहने लाखौं सेवाग्राही प्रतिक्षारत छन् भने पुराना पेन्डिङ रहेका प्रयोगात्क परीक्षार्थीपनि आधा बाँकी नै रहेको यातायात व्यवस्था विभागले जनाएको छ।

अहिलेसम्म यातायात कार्यालयहरुमा लाइसेन्स आवेदन लिइएको छैन। गत वर्षपनि कोरोनको कारण ४ महिना सञ्चालन भएर ट्रायल परीक्षा र लाइसेन्स आवेदन बन्द भएको थियो।

कोरोना संक्रमणपनि घट्दै गएको कारण लाइसेन्सका सबै सेवा अब नियमित रुपमा सञ्चालन हुने विभागको भनाई छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।