सामलिङ्ग पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Oct 25, 2021 04:58 AM Merolagani



सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक ८ गते) अन्तिम दिन हो।

कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ।

निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइतबारसम्ममा १७ लाख ५८ हजार ४५० आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयर आवेदन परेको छ।

यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३१.१३ गुणा बढी हो।

सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।