एचआईडिसीएलको अवितरित शेयर बाँडफाँट, कति रुपैयाँमा बिक्री भयो शेयर?

Oct 25, 2021 06:21 AM Merolagani



हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) (एचआईडिसीएल) ले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ।

कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र मार्फत खरिद आह्वान गरेको अवितरि हकप्रद शेयर बाँडफाँट गरेको हो। कम्पनीले संस्थापक समूहको ३ कराेड ३० लाख कित्ता र सर्वसाधारण समूहतर्फको ३२ लाख २९ हजार ७२४ कित्ता शेयर खरिदका लागि आह्वान गरेको थियो। प्राप्त बोलपत्रहरु असोज २२ गते शुक्रबार, ग्लोबल आइएमई क्यापिटलको फेसबुक लाइभ मार्फत खोलिएको थियो।

सर्वसाधारण तर्फ २२५ रुपैयाँ १० पैसाका दरले बोलपत्र पेश गरेकाहरुलाई माग बमोजिम र २२५ रुपैयाँका दरले बोलपत्र पेश गरेकाहरुलाई समानुपातिक रुपमा बाँडफाँट गरिएको छ।

बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता भुक्तानी कात्तिक ७ गते आइतबारदेखि बोलपत्र फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाहरुको खातामा जम्मा गरिनेछ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।