बैंक अफ काठमाण्डू र नेपाल पेमेन्ट सोलुसन्सबिच गुणस्तरिय डिजिटल सेवाको लागि सम्झौता

Oct 25, 2021 04:09 PM Merolagani



बैंक अफ काठमाण्डूले (BOKL) नेपाल पेमेन्ट सोलुसन्ससंग सहकार्यको लागि सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंक अफ काठमाण्डूका ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सबाट उपलब्ध हुने सेवाहरु रकम स्थानान्तरण, वालेटहरुमा रकमान्तर तथा अन्य थुप्रै सेवा तथा सुबिधाहरु पाउन सकिनेछ ।

आफ्ना ग्राहकहरुलाई समयसापेक्ष गुणस्तरिय डिजिटल सेवालाई अझै विस्तारित गर्न बैंकले साे सम्झाैता गरेकाे बताएकाे छ । यस बैंकले उक्त सम्झौतामा बैंकको तर्फबाट अमर राजभण्डारी र दिलन शाक्य तथा नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रताप श्रेष्ठ र सिमन श्रेष्ठले एक समारोहको बिच हस्ताक्षर गरेका हुन् ।

 

नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ ।

बैंकले ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर रहेको छ ।

 




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।