यातायात विभागले आजदेखि खुलायो नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन, यसरी दिनुस् आवेदन

Oct 26, 2021 10:41 AM Merolagani



यातायात व्यवस्था विभागले आज अर्थात मंगलबारबाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागी अनलाइन आवेदन खुल्ला गरेको छ। 

 

विभागले सेवाग्राहीको आवश्यक्तालाई ध्यान दिदै ६ महिना रोकिएको लाइसेन्स आवेदन खोलेको हो।

अब सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्ने भएका छन्।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले हिजो देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको जानकारी दिए।

‘गत हप्ता नै खोल्ने कुरा थियो तर, प्राविधिक समस्या आयो,’ उनले भने, ‘आजदेखि अनलाइन आवेदन खुल्ला गरेका छौं।’

उनका अनुसार सेवाग्राहीले यो साइटमा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन पाइनेछ।

नयाँ लाइसेन्स आवेदनको लागी यहाँ जानुस्




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।