यातायात विभागले आजदेखि खुलायो नयाँ लाइसेन्सका लागी अनलाइन आवेदन, यसरी दिनुस् आवेदन

Oct 26, 2021 10:41 AM Merolagani



यातायात व्यवस्था विभागले आज अर्थात मंगलबारबाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागी अनलाइन आवेदन खुल्ला गरेको छ। 

 

विभागले सेवाग्राहीको आवश्यक्तालाई ध्यान दिदै ६ महिना रोकिएको लाइसेन्स आवेदन खोलेको हो।

अब सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्ने भएका छन्।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले हिजो देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको जानकारी दिए।

‘गत हप्ता नै खोल्ने कुरा थियो तर, प्राविधिक समस्या आयो,’ उनले भने, ‘आजदेखि अनलाइन आवेदन खुल्ला गरेका छौं।’

उनका अनुसार सेवाग्राहीले यो साइटमा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन पाइनेछ।

नयाँ लाइसेन्स आवेदनको लागी यहाँ जानुस्




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।