आलोचनाका बीच पनि फेसबुकले ९ अर्ब डलर कमायाे

Oct 26, 2021 01:20 PM Merolagani



फेसबुकको आन्तरिक कागजपत्र लिक भएका कारण आलोचना खेप्नुपरे पनि कम्पनीले गत त्रैमासमा राम्रो आम्दानी गरेको छ । फेसबुकले जुलाई र सेप्टेम्बरकाबिच ९ अर्ब डलर कमाएको हो । गत वर्ष यसै अवधिमा फेसबुकले ७.८ अर्ब डलर कमाएको थियो ।

फेसबुकका पुर्व कर्मचारी फ्रान्सिस हाउगनले फेसबुकमाथि अनैतिक व्यवहारको आरोप लगाएपछि यो विवरण सार्वजनिक गरिएको हो । फ्रान्सिसले फेसबुकका कैयौँ आन्तरिक कागजपत्र संचारमाध्यममा प्रकाशित गरेकी थिइन् । फेसबुकले प्रयोगकर्ताको सुरक्षाभन्दा कमाउनमा महत्व दिएको भन्दै उनले कम्पनीमाथि आक्षेप पनि लगाएकी थिइन् । केहि संचारमाध्यमका अनुसार उक्त कागजपत्रमा फेसबुकले गालीगलौज र घृणायुक्त सामाग्री तथा अमेरिका बाहिरका यौन बेचबिखनलाई बढाउने किसिमका सम्बन्धित सामाग्रीहरु ट्रयाक गर्न असफल रहेको प्रमाणित भएको उल्लेख गरेका छन् ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले सोमबार लगानीकर्ताहरुसँग हाल देखिइरहेको अवस्था लिक भएका कागजपत्रको दुरुपयोग गरेर कम्पनीको झुटो चित्रण गर्ने कोशिष भएको बताएका छन् ।

फेसबुकका अनुसार एक वर्षमा यसको मासिक प्रयोगकर्ताको संख्या ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको छ । यद्यपी एप्पलको गोपनियतासम्बन्धित नियमका कारण फेसबुकले विज्ञापनबाट हुने आम्दानीमा केहि घाटा पनि बेहोरेको छ । कम्पनीको राम्रो आम्दानी भएतापनि आम्दानीकाे असर यसमा परेको छ । फेसबुकले आउँदो त्रैमासमा प्राइवेसी अपटेडका कारण डिजिटल व्यवसायमा पनि प्रभाव पर्ने जनाएको छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।