मंसिरदेखि बिजुलीको नयाँ दर लागु हुँदै, २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली

Oct 27, 2021 12:35 PM Merolagani



मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको हो । नयाँ दरमा २० युनिटसम्म बिजुली खपत गर्नेलाई छुटको व्यवस्था गरिएको छ ।

आयोगले आज (बुधवार) २ बजे विद्युत महसुल सम्बन्धमा विद्युत विभागको हलमा पत्रकार सम्मेलन गरेर उक्त बिषय सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगका एक कर्मचारीले मंसिर १ गतेदेखि नयाँ दर लागु हुने जानकारी दिए । ‘मंसिर १ देखि सस्तो दरमा बिजुली दिँदै छौँ, २० युनिटसम्म खपत गर्नेलाई निशुल्क बिजुली उपलब्ध हुने छ,’ उनले भने ।

आयोगले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको दावी गरेको छ । 

अहिले पनि रातको समयमा बिजुली खेर गइरहेको र बर्खामा पनि करिव ५ सय मेगावाट बिजुली बढी हुने भएपछि विशेष चासो दिएर विद्युत् महसुल सस्तो बनाउने र खपत प्रवद्र्धन गर्ने काम सरकारले गरिरहेको छ ।

 

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।