एफटीटीएच विस्तारमा ५ कम्पनी आक्रामक, ४० अर्ब बढी लगानी

Oct 27, 2021 03:22 PM Merolagani



युवराज बस्नेत

नेपालका दूरसञ्चार कम्पनी (सेवाप्रदायक) यतिबेला फाइबर टु दी होम (एफटीटीएच) विस्तार तर्फ मोडिएका छन । 

टेलिकम कम्पनीले मोबाइल भ्वाइस सेवामा भविष्य नदेखेपछि फाइबर टु दी होममा लगानी थप्दै गएका छन भने उता इन्टरनेट सेवाप्रदायक पनि जति सक्दो ग्राहकलाई आकर्षित पार्ने प्याकेज ल्याएर एफटीटीएच विस्तारसँगै संङ्ख्या पनि बढाउँदै गएका छन् ।

केही हप्ताअघि टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले एफटीटीएचलाई प्रमुख प्रोजेक्टको रुपमा अघि बढाएको बताएका थिए ।

भ्वाइस र मोबाइल डेटा सेवाबाट बाहिर निस्केर टेलिकमले पनि एफटीटीएच विस्तारलाई रफ्तारमा अघि बढाइरहेको छ । कोभिड पनि नेपाल ग्राहक भ्वाइसमा भन्दा पनि डेटा वेस सेवामा प्रभावित भएको र इन्टरनेटबाट चल्ने कन्टेन्ट मार्फत नै भ्वाइस भिडियो लगायतका सामाग्री प्रयोग गर्न थालेका छन ।

नेपाल टेलिकमको प्रमुख लगानीको स्रोत नै एफटीटीएच रहेको टेलिकमका एमडी अधिकारीले बताए ।

जसमा हाल अन्डरग्राउन्ड नेटवर्क,अप्टिकल डिस्टीब्युसन नेटवर्क, कन्टेन्ट (व्यान्डवीथ, राउटर, तार) गरी तीन ओटा कम्पोनेन्टमा लगानी रहेको छ । टेलिकमको एफटीटीएच प्रोजेक्ट चलिरहेको कारण ५ अर्ब लगानी भएको अनुमान टेलिकमले गरेको छ ।

उता एनसेल पनि फरक ढङ्गबाट एफटीटीएच ल्याउने घोषणा गरिसकेको छ । एनसेलका अनुसार हाल एफटीटीएच प्रोजेक्ट परीक्षणको क्रममा नै रहेको छ । नेपालमा फाइबर इन्टरनेटको तुलनामा मोबाइल ब्रोडव्यान्ड अर्थात मोबाइल डेटा महङ्गो हुन आउँछन् जसले गर्दा नेपालमा दिन प्रतिदिन फाइबर नेट फस्टाउदै गएको छ ।

नेपालकै ठूलो इन्टरनेट तथा तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिंकले गत बर्ष बिदेशी लगानी भित्र्याएर गाँउ तथा शहरमा पनि क्षमता विस्तार गर्दै लगेको छ । बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपले वर्ल्डलिंकमा एक अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको थियो ।

हाल नेपालमा ४४ कम्पनीका १४ लाख ९४ हजार प्रयोगकर्ता एफटीटीएचमा आवद्ध भएका छन । यो केबल इन्टरनेट सेवा बाहेकको तथ्याङ्क हो । केबल र फाइबर सहित नेपालमा १७ लाख इन्टरनेट प्रयोगकर्ता रहेका छन ।

दूरसञ्चार प्राधिकरणले एक घरमा ४ जना भन्दा बढी एफटीटीएच मार्फत इन्टरनेट चलाउने गरेको प्रक्षेपण गरेको छ । एक घरमा चार जनाले फाइबर इन्टरनेट चलाउँदा १४ लाख सस्क्राइबरमा ५६ लाख देशभर सक्रिय प्रयोगकर्ता रहेको आँकलन छ ।

नेपालमा एफटीटीएच विस्तार गर्न निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकहरुले मात्रै ३५ देखि ४० अर्बकाे हाराहारीमा लगानी गरिरहेको इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।

‘यो तथ्याङ्क अहिलेसम्म शहर तथा ग्रामीण भेगमा फाइबर इन्टरनेटमा भएको लगानी हो’ पराजुलीले भने ‘आगामी दिनमा पनि ग्राहक एफटीटीएच सेवामै तानिएको कारण लगानी अझ बढ्ने अपेक्षा छ’ ।

नेपालमा अहिले ८० प्रतिशत मोबाइल ब्राडव्यान्ड कै हिस्सा छ भने फाइबर तथा केबल इन्टरनेटका २० प्रतिशत मात्रै हिस्सा रहेको आईस्पानको तथ्याङ्क छ । शहरी क्षेत्रमा मात्रै रहेको उक्त एफटीटीएच ग्रामिण भेगसम्म पुर्याउन राज्यले सहयोग गर्नुपर्ने सेवा प्रदायकको भनाई छ ।

नेपालमा आधादर्जन इन्टरनेट सेवाप्रदायकको मात्रै हालीमुहाली छ । ग्राहक तथ्याङ्कमा आधारित भएर हेर्ने हो भने सबैभन्दा अगाडि वर्ल्डलिंक,सुविसु, नेपाल टेलिकम,भायानेट, क्लासिकटेक नै रहेका छन् ।

दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार ४० वटा सेवाप्रदायक कम्पनीले मात्रै देशभर इन्टरनेट सेवा दिइरहेका छन् । लाख भन्दा बढी ग्राहक रहेका कम्पनी नेपालमा ५ ओटा मात्रै छन ।

तथ्याङ्क अनुुसार सबैभन्दा ठूलो वर्ल्डलिंकको ५ लाख २९ हजार,नेपाल टेलिकमका एक लाख ३१ हजार, क्लासिक टेकका एक लाख ५८ हजार, भायानेटका एक लाख ५६ हजार र सुविसुका एक लाख ९३ हजार ग्राहक रहेका छन ।

यी सहित ४० वटा कम्पनीका लाख भन्दा तल ग्राहक रहेको छ । मोबाइल डेटाको तुलनमा एफटीटीएच प्रभावकारी रहेको कारण पनि सेवाग्राही यो सेवा तर्फ मोडिएका छन ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।