गैर शुल्क बीमा व्यवसायको प्रिमियम पुनरावलोकन गर्न उद्योग वाणिज्य महासंघको आग्रह

Oct 27, 2021 01:51 PM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघले गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर सम्बन्धी परिपत्रबाट निर्जीवन बीमाको प्रिमियम वृद्धि गरि न्यूनतम सिमा तोकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृद्धि सोही दरलाई नै न्यूनतम सिमा तोकिदा एकाएक आयोजनाको लागत बढ्न जाने जनाएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ÷संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरेपनि बीमितले बीमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएको भन्दै गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघले आग्रह गरेको छ ।

यस्ता बिषयहरुमा सबै सरोकारवालासंग अविलम्व छलफल गर्न पनि महासंघले भनेकाे छ ।

यसैगरी बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरी नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्धारा मुल्य निर्धारण हुने हुँदा न्यूनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ ।

साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले गम्भीर आग्रह गरेकाे छ ।

बीमा समितिले गत असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरूलाई गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियद दर सम्बन्धि सर्कुलर जारी गरेको थियो ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।