लाभांश पारित गर्न एनआईसी एशिया लघुवित्तले साधारण सभा बोलायो, बुक क्लोज कहिले?

Oct 27, 2021 06:03 PM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्था (NICLBSL) ले लाभांश पारित गर्न चौथो वार्षिक साधारण सभा बोलाएको छ । ललुवित्तले मंसिर ५ गते आइतबार धरान व्याकेट, धरान–१३, सुनसरीमा साधारण सभा बोलाएको हाे ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५.४१ प्रतिशत अर्थात ९ करोड ४१ लख ३ हजार ७०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधराण शेयरधनीहरुबाट २ जना गरी ६ जना सञ्चालकहरु समेत चयन गर्नेछ ।

लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कार्तिक २३ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार कार्तिक २२ गते सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।