लाभांश पारित गर्न एनआईसी एशिया लघुवित्तले साधारण सभा बोलायो, बुक क्लोज कहिले?

Oct 27, 2021 06:03 PM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्था (NICLBSL) ले लाभांश पारित गर्न चौथो वार्षिक साधारण सभा बोलाएको छ । ललुवित्तले मंसिर ५ गते आइतबार धरान व्याकेट, धरान–१३, सुनसरीमा साधारण सभा बोलाएको हाे ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५.४१ प्रतिशत अर्थात ९ करोड ४१ लख ३ हजार ७०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधराण शेयरधनीहरुबाट २ जना गरी ६ जना सञ्चालकहरु समेत चयन गर्नेछ ।

लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कार्तिक २३ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार कार्तिक २२ गते सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

 




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।