नाफासँगै बढ्यो मिर्मिरे लघुवित्तको प्रतिशेयर आम्दानी

Oct 28, 2021 05:54 AM Merolagani



मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिमा लघुवित्तको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९३.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११५.७१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९३.३३ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८.१३ प्रतिशत बढेको छ भने जगेडा कोष १७०.७६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ९२.७३ प्रतिशत र निक्षेप ३७.०८ प्रतिशत बढेको छ भने कर्जा ७४.५० प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६१ पैसाबाट ३७ रुपैयाँ १ पैसा बढेर ५८ रुपैयाँ ६२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ६५ पैसा रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।