नेरुडेको संस्थापक शेयर लिलाम बिक्री गर्दै प्राइम कमर्सियल बैंक

Oct 28, 2021 06:05 AM Merolagani



प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर लिलाम बिक्री गर्ने भएको छ।

बैंकले लघुवित्तको १ लाख १३ हजार ५०० कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि कात्तिक २३ गतेदेखि मंसिर १ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ। त्यसैले, बोलकबोल गर्दा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सबै शेयरका लागि आवेदन दिन सक्नेछन्।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।