गणपति लघुवित्तको लाभांश घोषणा

Oct 28, 2021 10:11 AM Merolagani



गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड (GMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक १० गते बसेको लघुवित्तको सञ्चालक समितिले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ रहेको छ। १९ प्रतिशतका दरले २ करोड ४१ लाख ९७ हजार ७८२ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १५ करोड १५ लाख ५४ हजार ५३२ रुपैयाँ ५० पैसा पुग्नेछ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।