प्रि ओपन सेसन अपडेटः झिनाे अंक घट्याे नेप्से

Oct 28, 2021 10:52 AM Merolagani

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १८.०६ अंक बढेर २७६९.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२५ अंक घटेर २७६८.८८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६५ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा २१ कम्पनीको २१ लाख ७६ हजार १९१ रुपैयाँ ७० पैसा बराबरको १० हजार ५०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

सान्जेन जलविद्युत कम्पनीले साधारण सभा बोलायो

Dec 05, 2021 05:21 PM

सान्जेन जलविद्युत कम्पनी (SJCL) ले ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस १३ गते, स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।