राष्ट्र बैंकले आज रिपाेमार्फत २० अर्ब रूपैयाँ प्रणालीमा पठाउँदै

Oct 28, 2021 01:46 PM MeroLagani



केन्द्रीय बैंकले आज २० अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाउने भएको छ । उच्च आयात, रेमिट्यान्स आप्रवाहमा कमी, उच्च ऋण वृद्धि लगायतका कारण बैकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले २० अर्ब रुपियाँ रिपो मार्फत प्रणालीमा प्रवाह गर्न लागेको हो ।

पछिल्लो समय निक्षेप संकलनमा निरन्तर कमी भए पनि ऋण प्रवाह भने रोकिएको छैन । चालु आवको असोज मसान्तसम्म वाणिज्य बैंकहरुमा ४ हजार २ सय ४९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा कात्तिक ९ गतेसम्म ३ अर्ब रुपैयाँले घटेर ४ हजार २ सय ४६ अर्बमा झरेको छ । कात्तिक ९ गतेसम्म वाणिज्य बैंकको ऋण भने ४ हजार ७ अर्ब रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म वाणिज्य बैंकको ऋण ३ हजार ९ सय ९८ अर्ब रुपैयाँ थियो । कात्तिक ९ गतेसम्म वाणिज्य बैंकले ९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकिङ प्रणालीमा तरलता सन्तुलनका लागि राष्ट्र बैंकले रिपो जारी गर्दै आएको छ । यो रिपो दुई हप्ताको लागि जारी गरिएको हो । कात्तिक २५ गते बिहीबार आज जारी गरेको रिपो परिपक्व हुनेछ । बोलकबोलमार्फत् जारी हुने सो रिपोको क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।