राष्ट्र बैंकले आज रिपाेमार्फत २० अर्ब रूपैयाँ प्रणालीमा पठाउँदै

Oct 28, 2021 01:46 PM MeroLagani



केन्द्रीय बैंकले आज २० अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाउने भएको छ । उच्च आयात, रेमिट्यान्स आप्रवाहमा कमी, उच्च ऋण वृद्धि लगायतका कारण बैकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले २० अर्ब रुपियाँ रिपो मार्फत प्रणालीमा प्रवाह गर्न लागेको हो ।

पछिल्लो समय निक्षेप संकलनमा निरन्तर कमी भए पनि ऋण प्रवाह भने रोकिएको छैन । चालु आवको असोज मसान्तसम्म वाणिज्य बैंकहरुमा ४ हजार २ सय ४९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा कात्तिक ९ गतेसम्म ३ अर्ब रुपैयाँले घटेर ४ हजार २ सय ४६ अर्बमा झरेको छ । कात्तिक ९ गतेसम्म वाणिज्य बैंकको ऋण भने ४ हजार ७ अर्ब रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म वाणिज्य बैंकको ऋण ३ हजार ९ सय ९८ अर्ब रुपैयाँ थियो । कात्तिक ९ गतेसम्म वाणिज्य बैंकले ९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकिङ प्रणालीमा तरलता सन्तुलनका लागि राष्ट्र बैंकले रिपो जारी गर्दै आएको छ । यो रिपो दुई हप्ताको लागि जारी गरिएको हो । कात्तिक २५ गते बिहीबार आज जारी गरेको रिपो परिपक्व हुनेछ । बोलकबोलमार्फत् जारी हुने सो रिपोको क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।