दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकलाई भन्यो ‘कार्तिक मसान्तभित्र बढेको पोलभाडामा सम्झौता गर’

Oct 28, 2021 02:36 PM merolagani



नेपाल विद्युत प्राधिकरणले बढाएको पोलभाडामा इन्टरनेट तथा केबल टेलिभिजन सेवाप्रदायकहरुको समर्थन गरेकाे दूरसञ्चार प्राधिकरणले अहिले आएर पोलभाडा सम्झौता गर्न आग्रह गरेको छ । यसअघि विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने सेवाप्रदायकको विभिन्न ठाँउमा तार काटेको थियो ।

पोलभाडाको विरोध गरेकै निकाय  प्राधिकरणले  सेवाप्रदायकलाई पोलभाडा तिर्न भनेको हो ।

बिहिबार एक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ‘ नेपाल विद्युत प्राधिकरणसंग सम्झौता नगरी टेलिफोन/इन्टरनेट सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकहरुले विद्युतका पोलहरु प्रयोग गरेको स्थान,परिमाण र अवधि स्वयं घोषणा गरी २०७८ कार्तिक मसान्त भित्र नेपाल विद्युत प्राधिकरणसंग सम्झौता गर्नु हुन अनुरोध छ’ ।

यस अघि प्राधिकरणले विद्युत प्राधिरकणले बढाएको पोलभाडा शुल्क दूरसञ्चार ऐन विपरित रहेको भन्दै विरोध गरेको थियो ।

सेवाप्रदायकले काठमाडौं उपत्यका भित्र ३०० प्रतिशत र काठमाडौं बाहिर ५०० प्रतिशत पोलभाडा बढेको जनाउँदै आएका छन । विगत ४ बर्षदेखि सेवाप्रदायक बढेको पोलभाडा सम्झौता गर्न अटेर गरिरहेका छन ।

गत असोजमा पोलभाडा नतिरेको भन्दै विद्युत प्राधिकरणले तार काट्न थालेपछि सेवाप्रदायकहरुले इन्टरनेट सटडाउन गर्ने चेतावनी दिएका थिए । त्यसपछि प्राधिकरण पछि हटेको थियो ।

हाल यो बिषय सञ्चारमन्त्रालयको सहसचिवको नेतृत्वमा कमिटि गठन भई छलफलको क्रममा रहेको बेला दूरसञ्चार प्राधिकरणले पोलभाडा सम्झौता गर्न जान निर्देशन दिएको छ ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।