दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकलाई भन्यो ‘कार्तिक मसान्तभित्र बढेको पोलभाडामा सम्झौता गर’

Oct 28, 2021 02:36 PM merolagani



नेपाल विद्युत प्राधिकरणले बढाएको पोलभाडामा इन्टरनेट तथा केबल टेलिभिजन सेवाप्रदायकहरुको समर्थन गरेकाे दूरसञ्चार प्राधिकरणले अहिले आएर पोलभाडा सम्झौता गर्न आग्रह गरेको छ । यसअघि विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने सेवाप्रदायकको विभिन्न ठाँउमा तार काटेको थियो ।

पोलभाडाको विरोध गरेकै निकाय  प्राधिकरणले  सेवाप्रदायकलाई पोलभाडा तिर्न भनेको हो ।

बिहिबार एक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ‘ नेपाल विद्युत प्राधिकरणसंग सम्झौता नगरी टेलिफोन/इन्टरनेट सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकहरुले विद्युतका पोलहरु प्रयोग गरेको स्थान,परिमाण र अवधि स्वयं घोषणा गरी २०७८ कार्तिक मसान्त भित्र नेपाल विद्युत प्राधिकरणसंग सम्झौता गर्नु हुन अनुरोध छ’ ।

यस अघि प्राधिकरणले विद्युत प्राधिरकणले बढाएको पोलभाडा शुल्क दूरसञ्चार ऐन विपरित रहेको भन्दै विरोध गरेको थियो ।

सेवाप्रदायकले काठमाडौं उपत्यका भित्र ३०० प्रतिशत र काठमाडौं बाहिर ५०० प्रतिशत पोलभाडा बढेको जनाउँदै आएका छन । विगत ४ बर्षदेखि सेवाप्रदायक बढेको पोलभाडा सम्झौता गर्न अटेर गरिरहेका छन ।

गत असोजमा पोलभाडा नतिरेको भन्दै विद्युत प्राधिकरणले तार काट्न थालेपछि सेवाप्रदायकहरुले इन्टरनेट सटडाउन गर्ने चेतावनी दिएका थिए । त्यसपछि प्राधिकरण पछि हटेको थियो ।

हाल यो बिषय सञ्चारमन्त्रालयको सहसचिवको नेतृत्वमा कमिटि गठन भई छलफलको क्रममा रहेको बेला दूरसञ्चार प्राधिकरणले पोलभाडा सम्झौता गर्न जान निर्देशन दिएको छ ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।