लगातार उकालो लाग्दै नेप्से सूचक, सातामा २२५ अंकले बढ्यो

Oct 28, 2021 03:36 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से सूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्लाे समय नेप्से सूचक दैनिक उकालो लाग्न थालेको छ।

  बिहीबार नेप्से सूचक १३.०४ अंकले बढेर २७८२.१७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४.४३ अंकले बढेको छ। यस साता मात्रै नेप्से सूचक २२५.१७ विन्दुले बढेको छ।

बिहीबार कारोबार रकम भने अघिल्लाे दिनको तुलनामा केही घटेको छ। बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ३९ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२७ रुपैयाँको ९२ लाख ३६ हजार ६१३ कित्ता शेयर कारोबार भएको छ।

बिहीबारको बजारमा हाइड्रोपावर, लघुवित्त र अन्य उपसमूहका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ।

यस दिन रिडि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको ९.३९ प्रतिशत, हिमालयन पावर पार्टनरको ९.२४ प्रतिशत र जीवन विकास लघुवित्तको ८.५७ प्रतिशतले बढेको छ।

यस दिन गुँरास लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै २.६९ प्रतिशतले घटेको छ भने अजोड इन्स्योरेन्सको २.४४ प्रतिशत, कृषि विकास बैंकको २.३६ प्रतिशत र युनियन लाइफ इन्स्योरेन्सको २ प्रतिशतले घटेको छ।

बिहीबार नेश्नल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै २९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नबिल बैंकको २२ करोड ७४ लाख, जीवन विकास लघुवित्तको १८ करोड ४२ लाख र एनआइसी एशिया बैंकको १७ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक देखिएका छन भने बाँकी ५ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। यस दिन हाइड्रोपावर, माइक्रोफाइनान्स र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले बढेका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।