अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम प्रिमियम दर तोकिएको होः बीमा समिति

Oct 28, 2021 04:32 PM Merolagani



बीमा समितिले अस्वस्थ प्रतिस्पर्धा रोक्न गैरमहशूल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर तोकिएको स्पष्ट पारेको छ । नेपाल उद्योग वाणिज्य महासंघले गैरमहशूल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर बीमाशुल्क पुनरावलोकन गर्न माग गरेपछि समितिले यस्तो जवाफ दिएको हो ।

निर्जीवन बीमा अन्तर्गत अग्नी, मोटर, इञ्जिनीयरिङ्ग, सामुन्द्रिक, हवाई र विविध बीमा कमभन्दा कम प्रिमियम दरमा गर्ने गरिएका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम प्रिमियम दर कायम गर्न पटक पटक बीमा समिति समक्ष आग्रह गर्दै आएको समितिले जनाएको छ ।

कमभन्दा कम प्रिमियम दरमा गरिएका निर्जीवन बीमाको पुनर्बीमा गर्न विभिन्न अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्ने गरेको र यस स्थितिमा निर्जीवन बीमाको दाबी भुक्तानीमा पनि समस्या पर्ने देखिएकाले समितिले न्यूनतम प्रिमियम दर तोक्नु परेको जनाएको छ ।

मुलुकले अवलम्बन गरेको खुला बजार अर्थव्यवस्थालाई स्वच्छ एवम् पारदर्शीरुपमा अगाडि बढाउनका लागि बीमा क्षेत्रका तर्फबाट गर्नुपर्ने योगदान गर्न सदैव तत्पर रहेको समितिले जनाएको छ । न्यूनतम प्रिमियम दर लगायत बीमा क्षेत्रको विकास एवम् विस्तारका सम्बन्धमा निजीक्षेत्रबाट प्राप्त हुने सुझावहरुलाई सकारात्मकरुपमा लिने समितिले जनाएको छ ।

साथै, बीमा क्षेत्रमा विद्यमान समस्याहरुको समाधान गर्दै नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिस्तको तुल्याउने कार्यमा निजीक्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने भन्दै समितिले यसका लागि सहकार्य गर्न महासङ्घलाई आग्रह समेत गरेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।