बिहीबार थप ५९१ जनामा कोभिड १९ पुष्टि, ६६४ जनाले संक्रमण जिते

Oct 28, 2021 04:51 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा थप ५९१ जनामा कोभिड १९ पुष्टि भएको जनाएकाे छ । २४ घण्टामा देशभरमा भएको आठ हजार ८४८ पीसीआर परीक्षणमध्ये ५२७ जना र दुई हजार ५०७ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोहि अवधिमा ६६४ जनाले संक्रमण जितेका छन् । यस्तै २ जनाको कोराेनाका कारण मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल देशभरमा १० हजार २३६ जना सक्रिय संक्रमित छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका १५७ जना, ललितपुरका ३० जना र भक्तपुरका १२ जना रहेको मन्त्रालयको तथ्यांकमा छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।