बिहीबार थप ५९१ जनामा कोभिड १९ पुष्टि, ६६४ जनाले संक्रमण जिते

Oct 28, 2021 04:51 PM Merolagani

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा थप ५९१ जनामा कोभिड १९ पुष्टि भएको जनाएकाे छ । २४ घण्टामा देशभरमा भएको आठ हजार ८४८ पीसीआर परीक्षणमध्ये ५२७ जना र दुई हजार ५०७ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोहि अवधिमा ६६४ जनाले संक्रमण जितेका छन् । यस्तै २ जनाको कोराेनाका कारण मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

हाल देशभरमा १० हजार २३६ जना सक्रिय संक्रमित छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंका १५७ जना, ललितपुरका ३० जना र भक्तपुरका १२ जना रहेको मन्त्रालयको तथ्यांकमा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।