नेपाल बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 31, 2021 07:54 AM Merolagani



नेपाल बङ्गलादेश बैंक (NBB) को लाभांश सुरक्षित गर्ने आज (कात्तिक १४ गते) अन्तिम रहेको छ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात कात्तिक १५ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले मंसिर २ गते बिहीबार आफ्नो रजिष्टर्ड कार्यालय, कमलादीमा सत्ताइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे अनलाइनको माध्यमबाट सञ्चालन गरिनेछ भने निर्वाचन भौतिक रुपमा सञ्चालन गरिनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र लाभांश प्रयोजनार्थ बुकक्लोज सहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

गत बिहीबार बैंककाे शेयर प्रतिकित्ता ४३० रूपैयाँमा अन्तिम काराेबार भएकाे थियाे।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।