नेपाल बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 31, 2021 07:54 AM Merolagani



नेपाल बङ्गलादेश बैंक (NBB) को लाभांश सुरक्षित गर्ने आज (कात्तिक १४ गते) अन्तिम रहेको छ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात कात्तिक १५ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले मंसिर २ गते बिहीबार आफ्नो रजिष्टर्ड कार्यालय, कमलादीमा सत्ताइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे अनलाइनको माध्यमबाट सञ्चालन गरिनेछ भने निर्वाचन भौतिक रुपमा सञ्चालन गरिनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र लाभांश प्रयोजनार्थ बुकक्लोज सहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

गत बिहीबार बैंककाे शेयर प्रतिकित्ता ४३० रूपैयाँमा अन्तिम काराेबार भएकाे थियाे।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।