दुई लघुवित्तको शेयरमूल्य समायोजन

Nov 16, 2021 10:19 AM Merolagani



कात्तिक ३० गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। यस दिन लक्ष्मी लघुवित्त र आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले यस दिन लक्ष्मी लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने आरएसडिसीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लक्ष्मी लघुवित्तको शेयरमूल्य १ हजार ६०८ रुपैयाँ ८३ पैसा कायम भएको छ भने आरएसडिसीको ७९२ रुपैयाँ ७३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन लक्ष्मी लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ९३० रुपैयाँ ६० पैसा र आरएसडिसीको ८७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न मंसिर १० गते अग्रवाल भवन, कमलपोखरीमा दशौँ वार्षिक साधारण सभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.३७ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै, अन्य कुनै वित्तीयलाई एक्वायर गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न मंसिर १० गते एशियन होटल, कालिकानगर, बुटवलमा आठौँ वार्षिक साधारण सभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै, अन्य कुनै वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।