व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश

Nov 17, 2021 05:48 PM Merolagani

हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे अाठाैँ भाग यहाँ प्रस्तुत गरिएकाे छ।

अध्याय १०ः आम्दानी, आम्दानी, आम्दानी

कुनै कम्पनीलाई अमूल्य बनाउने र भविष्यमा अझ अमूल्य बनाउने भनेको आम्दानी र सम्पत्तीले हो। विशेष गरी आम्दानी। कहिलेकाहीँ कम्पनीको भ्यालुसँग मेला खान स्टक मूल्यलाई वषौँ लाग्न सक्छ, तर ढिलो होस् या चाँडो भ्यालुले जहिले जित्छ।

जब तपाई कुनै कम्पनीलाई आम्दानी र सम्पत्तीका आधारमा विश्लेषण गर्नुहुन्छ, यो एक अपार्टमेन्ट, औषधिपसल अथवा म्याकडोनाल्ड फ्रान्चाइज खरिद गर्नुभन्दा कुनै कम छैन। यो बुझ्नु आवश्यक छ कि स्टक स्वामित्वको एक हिस्सा हो, चिठ्ठा होइन।

सम्पत्तीबाट सबै दायित्वहरु घटाएपछि बाँकी हुने बुकभ्यालु नै खुद सम्पत्ती हो। तर, यदि कुनै कम्पनी तरल भएन र ऋणदाताहरुलाई बिक्री गरिन्छ भने, कम्पनीको भ्यालु यसको सम्पत्तीले गर्न सक्ने आम्दानीबाट आउँछ। अर्को कदम भनेको कम्पनीलाई ती ६ वर्गमा राख्नु हो जुन हामीले अध्याय ७ मा छलफल गरेका थियौँ। स्लो ग्रोअर्स, स्टलवार्टस्, फस्ट ग्रोअर्स, साइक्लिकल्स एसेट प्लेज र टर्नअसाउण्ड्स।

फास्ट ग्रोअर्सको सफलतादर स्टलवार्टसभन्दा बढी हुन्छ। तर यदि र जब फास्ट ग्रोअर्स सफल हुन्छ यसले आफ्नो आम्दानी उच्च दरमा बढाउँछ। जब तपाई कुनै फास्ट ग्रोअर्सको शेयर खरिद गर्नुहुन्छ, तपाई साँच्चिकै भविष्यमा पैसा कमाउने मौकामा पैसा लगाउदै हुनुहुन्छ। र जब आम्दानी बढ्छ, स्टक मूल्य पनि बढ्छ।

पीई रेशियो

शेयर मूल्य र कम्पनीको आम्दानी बीचको सम्बन्ध।

कम्पनीको पैसा बनाउने क्षमताको आधारमा कुनै स्टकको मूल्य बढी छ या सही छ या कम छ भन्ने थाहा पाउने महत्वपूर्ण उपकरण।

हालको मूल्यलाई प्रतिशेयर आम्दानीलाई भाग गरेर पछिल्लो १२ महिनाको गणना गर्न सकिन्छ।

यसलाई तपाईले गर्नुभएको लगानीबाट प्रतिफल प्राप्त हुने समय (वर्ष) को रुपमा लिन सकिन्छ। अनुपात १० गुणाको अर्थ वास्तविक लगानीबाट प्राप्त हुन १० वर्ष लाग्नु हो।

स्लो ग्रोअर्सको पीई स्तर कम हुन्छ भने फास्ट ग्रोअर्सको धेरै हुन्छ।

सबैभन्दा पहिला तपाईले आफुसँग भएका वा आफुले खरिद गर्न हेरीराख्नु भएका कम्पनीहरुको पीई रेशियो सोही क्षेत्रको तुलनामा कम छ कि, बढी छ अथवा औषतमा छ हेर्नुहोस्।

कुनै पनि स्टक खरिद गर्नुअघि, तपाईले यस कम्पनीको हालको पीई स्तर सामान्य हो कि होइन भन्ने थाहा पाउन विगतको पीई रेशियो ट्रयाक गर्नुहुन्छ। उदाहरणका लागि, यदि तपाई कोकाकोलाको शेयर खरिद गर्दै हुनुहुन्छ भने, तपाईले आफुले तिरेको पैसाबाट कम्पनीले गरिरहेको आम्दानी विगतमा अरुले आम्दानीका लागि तिरेको पैसाको तुलनामा उपयुक्त छ कि छैन भन्ने थाहा पाउनु आवश्यक छ। त्यो कुरा पीई रेशियोले बताउँछ।

यदि तपाईले पीई रेशियाका बारेमा केही याद राख्न सक्नुहुन्न भने यति याद राख्नुहोस् कि धेरै पीई भएका स्टकहरुबाट टाढा रहनुहोस्। त्यस्तो गर्नु भयो भने तपाईले ठूलो दुःख र धेरै पैसा गुमाउनबाट बच्नुहुनेछ। कम अपेक्षासहित, धेरै भारी भएको रेसकोर्समा अपाङ्ग भएजस्तै उच्च पीई रेशियो भएका स्टक पनि अपाङ्ग हो।

उच्च पीई भएको कम्पनीले आफ्नो उच्च मूल्यको औचित्य उच्च आम्दानी वृद्धिदर सावित गर्नुपर्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।