नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरु शिखरकाे अग्रता कायमै, कुन कम्पनी कस्तो ?

Nov 19, 2021 01:16 PM Merolagani

नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्सले चालु अर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आफुलाई अब्बल साबित गरेको छ । कुल बीमाशुल्क र खुद नाफाको आधारमा शिखरले अग्रतालाई कायम राख्दै अब्बल साबित गरेको हो ।

सबै भन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्नेमा भने नेको इन्स्योरेन्स रहेको छ ।

सबै भन्दा कम खुद नाफा आर्जन गर्नेमा भने अजोड इन्स्योरेन्स रहेको छ भने कम कुल र खुद बीमाशुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स रहेको छ ।

शिखर इन्स्योरेन्सको चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको छ भने सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ मात्रै छ ।

यस अवधिमा राष्ट्रिय बीमा कम्पनी बाहेक सबै निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन अनुसार न्यूनतम एक अर्ब चुक्ता पूँजी पुर्याएका छन् ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । जस मध्ये नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ९१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

खुद बीमाशुल्कमा नेको र खुद नाफामा शिखर पहिलो

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुमध्ये खुद बीमाशुल्क नेको इन्स्योरेन्स र खुद नाफा आर्जनमा शिखर इन्स्योरेन्स शिर्ष स्थानमा रहेको छ । खुद बीमाशुल्कमा नेकोले शिखरलाई पछि पारेपनि खुद नाफा आर्जनमा भने शिखरले अग्रता कायमै राखेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेको इन्स्योरेन्सले सबै भन्दा धेरै ४९ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरी ७ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

शिखर इन्स्योरेन्सले सबै भन्दा धेरै १ अर्ब ३२ लाख रुपैयाँ कुल बीमाशुल्क र १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यता सानिमा जनरल इन्स्योरेन्सले भने सबै भन्दा कम ६ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा २ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस्तै सबै भन्दा कम नाफा कमाउनेमा अजोड इन्स्योरेन्स रहेको छ । अजोडले यस अवधिमा १ करोड १० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ ।

जगेडा र बीमा कोषमा राष्ट्रिय बीमा कम्पनी मजबुद

सबैभन्दा थोरै चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने ठूलो रकम थुप्रिएको छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब १७ करोड ९५ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ४६ करोड १२ लाख रुपैयाँ रुपैयाँ सञ्चित छ ।

यस्तै नेको इन्स्योरेन्सको जगेडा कोषमा ७३ करोड २९ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब १५ करोड रुपैयाँ सञ्चित रहेको छ । शिखर इन्स्योरेन्सको जगेडा कोषमा ६३ करोड ८८ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ ।

सबै भन्दा कम जगेडा कोष र जीवन बीमा कोषमा हुनेमा भने सानिमा जनरल इन्स्योरेन्स रहेको छ । सानिमाको जगेडा कोषमा ९ करोड ६६ लाख रुपैयाँ र जीवन बीमा कोषमा १० करोड ४९ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानी र नेटवर्थमा पनि राष्ट्रिय बीमा कम्पनी अघि

राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी थोरै भएका कारण प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९३ रुपैयाँ १२ पैसा र प्रतिशेयर नेटवर्थ एक हजार २९२ रुपैयाँ ४६ पैसा रहेको छ ।

यस्तै शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

सबै भन्दा कम प्रतिशेयर आम्दानी अजोड इन्स्योरेन्सको रहेको छ भने प्रतिशेयर नेटवर्थ सानिमा जनरल इन्स्योरेन्सको रहेको छ । अजोडको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४० पैसा छ भने सानिमाको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ६७ पैसा रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै अर्थात १९७.१६ गुणा छ भने प्रिमियर इन्स्योरेन्सको सबैभन्दा कम ३४.४९ गुणा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।