प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

Nov 21, 2021 10:51 AM Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३२.३९ अंक घटेर २७६९.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६२ अंक बढेर २७७१.७६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४७ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १६ कम्पनीको २७ लाख ८ हजार ७७६ रुपैयाँ बराबरको ४ हजार ५२७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

शेयर बजार दयनीय अवस्थामा, ११०२ को बिन्दुको समय भन्दा तल्लो मूल्यमा ओर्लिए १३ कम्पनीको शेयर मूल्य

Dec 20, 2021 06:17 PM

सुवास निरौला

शेयर बजारको अवस्था दयनीय बन्दै गएको छ। यसअघि न्यूनतम बिन्दुमा झरेको समय भन्दा तल्लो मूल्यमा कम्पनीहरुको शेयर मूल्य झर्न थालेपछि शेयर बजारको अवस्था दयनीय बन्दै गएको हो।