नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य समायोजन

Nov 22, 2021 08:16 AM Merolagani



मंसिर ६ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को शेयरमूल्य समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको १२.६१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ४०८ रुपैयाँ ४९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। बैंकको शेयर पछिल्लो पटक ४६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले मंसिर १७ गते, दरबारमार्ज, काठमाडौँस्थित आफ्नो केन्द्रिय कार्यालयमा ३५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभामा भिडियो कन्फरेन्समार्फत पनि सहभागि हुन सक्ने व्यवस्था गरिएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।