साधारण सभा प्रयोजनार्थ नेरुडेले कहिले गर्दैछ बुकक्लोज?

Nov 23, 2021 10:33 AM Merolagani



नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) ले साधारण सभा प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

लघुवित्तले मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुकक्लोज गर्न लागेको हो। यस अनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले पुस १० गते १५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभाले हाल कायम चुक्ता पूँजीको २१.४८ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।