नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्न ४अन्तराष्ट्रिय कम्पनी सर्टलिस्टमा, कुन कुन परे छनोटमा ?

Nov 23, 2021 02:13 PM merolagani



नेपालको आफ्नै भूउपग्रह स्याटेलाइट राख्न अन्तराष्ट्रिय परामर्शदाताहरुको प्रस्तावमा चार वटा कम्पनी छनोटमा परेका छन । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्नका लागि माग गरेका ४ कम्पनीहरु सर्टलिस्टको सूचीमा परेका हुन् ।

प्राधिकरणले चार कम्पनीको प्राविधिक र आर्थिक प्रस्तावको मूल्याङ्कन छनोट गरेको हो । प्राधिकरणमा ८ वटा कम्पनीहरुले आशय पत्र पेश गरेका थिए ।

ती मध्ये प्राधिरकणले ४ कम्पनीहरुलाई आफ्नो योजना अनुसारको विवरण पेश गर्नका लागि छनोट गरेकाे छ।
नेपालको आफ्नै भू-उपग्रह प्रक्षेपण गर्नका लागि त्यसको नियमन,कानूनी संरचना, व्यावसायिक ढाँचा र बिड डकुमेन्ट तयार गर्न प्राधिकरणले प्रस्ताव माग गरेको थियो ।

कुन कुन कम्पनी परे छनोटमा ?

छनोटमा परेका कम्पनीहरुमा फ्रान्सकाे यूरोकन्सल्ट,टर्कीकाे टिआरकेस्याट (टिटिजी), दुबईकाे एसथ्रीटेल र थाइल्याण्डको थाइकम पब्लिक कम्पनी लिमिटेड रहेका छन्।

यसमध्ये यूरोकन्सल्ट,एसथ्रीटेल इंक यसअघि प्राधिकरणले माग गरेको आशयपत्रको प्रतिस्पर्धामा समेत सहभागी थिए।

नयाँ प्रक्रिया शुरु

यी दुवै कम्पनीहरु त्यसबेला समेत अन्तिम संक्षिप्त सूचीमा पर्न सफल भएका थिए। तर त्यसबेला प्राधिकरणले सो आशयपत्रको प्रकृया  रद्द गरेको थियो। त्यसपछि नियमनकारी निकायले गत असोजमा नयाँ प्रकृया शुरु गर्दै आशय पत्र माग गरेको थियो । हाल सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द बहादुर कार्की आएपछि स्याटेलाइट बाहेकका अन्य प्राेजेक्ट अघि बढाएका छन् । अब यी चार कम्पनी मध्ये प्राधिकरणले आर्थिक र प्रविधिक पक्ष हेरेर एक कम्पनीलाई स्याटेलाइट स्थापनाको जिम्मा दिने छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।