दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 24, 2021 07:55 AM Merolagani



मंसिर ८ गते, बुधबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनीहरु कायम हुनुपर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि अर्थात मंसिर ९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) ले मंसिर २९ गते अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा साधारण सभा डाकेको हो। सो सभा बिहान ९ बजेदेखि हुनेछ।

सभाले ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सर्वसाधारण शेयरधनी तर्फबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ।

त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न मंसिर २४ गते, शुक्रबार, होटल वाटर टावर, विदुर, नुवाकोटको सभाकक्षमा नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

अघिल्लो कारोबार दिन अर्थात मंसिर ७ गते, मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर प्रतिकित्ता ३५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने मेरो माइक्रोफाइनान्सको १ हजार ४०५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।