आईसीएफसी फाइनान्सले डाक्यो साधारण सभा

Nov 24, 2021 10:31 AM Merolagani



आईसीएफसी फाइनान्स लिमिटेड (ICFC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

फाइनान्सले पुस ५ गते, आम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौँमा अठारौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोमा लाग्ने कर सहित गरी ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, फाइनान्सको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले मंसिर २३ गतेदेखि पुस ५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

गत असार मसान्तसम्ममा फाइनान्सको चुक्ता पूँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० रुपैयाँ थियो। १० प्रतिशतका दरले १० करोड २४ लाख २६ हजार ५८० रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी १ अर्ब १२ करोड ६६ लाख ९२ हजार ३८० रुपैयाँ पुग्नेछ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।