हरेक वर्ष एक समयमा तरलता समस्या देखिन्छ,कर्जाको ब्याजदर ९ प्रतिशतभन्दा कम हुनु धेरै ठूलो कुरा हाे -गभर्नर

Nov 24, 2021 01:02 PM Merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा हरेक वर्ष कुनै न कुनै समयमा तरलता समस्या देखिने गरेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज नाफिजले आयोजना गरेको  कार्यक्रममा गभर्नर अधिकारीले केन्द्रीय बैंकले त्यसको व्यवस्थापनको लागि प्रयास गरिरहेको बताएका छन्।

"तरलताको समस्या हामीले हरेक वर्ष कुनै न कुनै किसिमले एउटा सिजनमा भोग्दै आएका छौ।गत वर्ष मात्रै कर्जाको माग कम भएको र रिफाइनान्स प्रशस्त गएको कारण तरलता सहज भएको हो।" उनले भने ।

अहिले तरलताको समस्या टार्न  राष्ट्र बैंकले अरबाैंको तरलता बजारमा पठाएको समेत उनले बताए।

हरेक वर्ष मंसिर पुसमा बैंकिङ्ग प्रणलीमा तरलताको समस्या देखिने गरेको छ। कर्जाको माग धेरै हुने तर सरकारले समानुपातिक रुपमा बजेट खर्च गर्न नसक्ने कारण यस समयमा तरलता समस्या आउने गर्छ। गत वर्ष भने कारोना महामारीको कारण कर्जाको भाग निकै कम थियो भने बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन थुप्रिएर बसेको थियो। यसै कारण गत वर्ष बैंकिङ्ग प्रणालीमा अधिक तरलताको अवस्था थियो।

याे वर्ष कर्जाको माग धेरै भएको कारण ब्याजदर केही माथि गएको छ। यसले गर्दा चालु आर्थिक वर्षमा मूल्य बृद्धिमा चाप पर्ने देखिएको समेत गभर्नर अधिकारीले बताए। तर,असोज यता सरकारी खर्च राम्रै भएको समेत उनले बाताए।

अहिले बाह्य क्षेत्रमा भने दबाव परेको अधिकारी बताउँछन्। "निर्यातभन्दा आयात धेरै बढ्दा र रेमिट्यान्स केही घटेकोले बाह्य क्षेत्रमा केही दबाबमा देखिएको छ।" 

अहिले केन्द्रीय बैंकले बैकिङ्ग सिस्टम र बैंकहरुलाई बलियो बनाउन सिडि रेशियो लगायतका सूचकहरु ल्याएको समेत अधिकारीले प्रष्ट पारे। यसले सिस्टमलाई र संस्था दुवैलाइ जोगाएको छौ। भोलि ओतै लाग्न नसक्ने अवस्था अाए पनि  यी सूचकहरुको कारण बचाउन सकिन्छ।कर्जाको ब्याजदर अझै औषतमा ९ प्रतिशतभन्दा कम छ। यो भनेको धेरै ठुलो कुरा हो।"उनले भने ।

कर्जाको ब्याजदर अझै दोहोरो अंकमा नपुगेकोले आत्तिनुपर्ने अवस्था नआएको उनको भनाई छ। 




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।