न्यादी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

Nov 24, 2021 01:37 PM Merolagani



न्यादी हाइड्रोपावरको १ करोड ५० लाख कित्ता शेयर नेपाल स्टक एक्चेञ्जमा सूचीकृत भएको छ। सर्वसाधारणमा जारी गरेको आइपीओ समेत गरी कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्बसाधारणमा बिक्री गरेको २५ लाख ५० हजार कित्ता, स्थानीय वासिन्दाको लागि निष्काशन गरेकाे १५ लाख कित्ता  र संस्थापक शेयर १ करोड ९ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको छ।

कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एनवाईएडिआई (NYADI) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ।

बिहीबार यही रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्नेछ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।