८३६ जना मागेको राष्ट्रिय वाणिज्य बैंकमा १ लाख २५ हजारको आवेदन,सरकारी स्वामित्वको बैंकमा आकर्षण बढी किन हुन्छ?

Nov 24, 2021 07:09 PM Merolagani



पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ८३६ जना कर्मचारी मागेको थियो । उक्त पदमा १ लाख २४ हजार ६०७ जनाले आवेदन दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले गत कात्तिक १४ गते एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको थियो । उक्त पदमा प्राप्त गर्नका सिङ्गल दस्तुर तिरेर आवेदन दिनका लागि समय सकिएको छ भने डबल दस्तुर तिरेर आगामी आइतबारसम्म फाराम भर्न सकिने छ ।

सिङगल दस्तुर तिरेर १ लाख २१ हजार ६७० जनाले आवेदन दिएको राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकृत दिबेश प्रसाद लोहनीले बताए । डबल दस्तुर तिरेर बुधबार दिउसो १२ बजेसम्म १ लाख २४ हजार ६०७ जनाले आवेदन दिएका छन् ।

सानो पदमा धेरैको आवेदन

सानो पदमा धेरैको आवेदन दिएको लोहनीले बताए । चौथो तहमा ८३ हजार ६ सय ८ जना, पाँचौ तहमा ३२ हजार ३ सय ९३ जना, छैटौ तह (अधिकृत) लेवलको सबैभन्दा तल्लो तहमा ६ हजार ३ सय ८२ जनाले आवेदन दिएका छन् ।

यसैगरी, सातौ तहमा १ सय ५७ जना, आठौ तहमा ६७ जना र ९ तहमा ६३ जनाले आवेदन दिएको लोहनीले बताए ।

छैठाै तहमा फाराम भरेकाले पाँचौ तहमा पनि भरे

छैठौ तहमा भर्नेले पाँचौ तहमा पनि भरेका छन् । त्यसले गर्दा नम्बरको संख्या त बढी भएको जानकारी लोहनीले दिए । ‘ब्याचुलरसम्म पाँचौं तह हुन्छ । अधिकृत हुनका लागि माष्टर्स हुनै पर्ने वाध्यता छ,’ उनले भने, ‘त्यसले गर्दा पनि र सिट पनि तल्लो तहमा धेरै हुन्छ । त्यसले गर्दा आवेदक स्वतह तल्लो तहमा बढी हुन्छन् ।’

जागिरका लागि आवेदन दिने ट्रेन बढ्दो

जागिरका लागि आवेदन दिने ट्रेन बढेको लोहनीले बताए । ‘हामीले यसभन्दा अघि अगाडि २०७१ सालको सुरुमा गर्दा कुल ६७ हजार थिए । त्यसपछि २०७४ सालमा गर्दा बढेर ८५ हजार पुगेको थियो,’ उनले भने, ‘अहिले आएर डब्बल दस्तुरसमेत गर्दा १ लाख २४ हजार ६०७ जना पुगेको छ ।’

राष्ट्र बैंकपछि सरकारी स्वामित्वका बैंकमा अकर्षण बढी

नेपाल राष्ट्र बैंकमा जागिरका लागि सबैभन्दा बढी आकर्षक हुने गर्छ । त्यसपछि सानो पदमा निजी क्षेत्रका बैंकभन्दा सरकारी स्वामित्वका बैंकमा हुने गरेको लोहनीले बताए ।

‘राष्ट्र बैंकमा त छदै छ, त्यसपछि धेरैजसो सरकारी स्वमित्वका बैंकमा नै आकर्षण छ,’ उनले भने, ‘प्राइभेट बैंकमा जुनियर अधिकृत गइसकेको मानिस पनि हामीकहाँ एसिष्टेन्टमा एप्लाइ गरेको देखिन्छ ।’

सरकारी स्वामित्वका बैंकमा नै झुम्मिनुको कारण 

पहिला त जब सेक्युरिटी पनि होला । जस्तै भएपनि सरकारी स्वामित्वको बैंकमा जब सेक्युरिटी हाई हुने लोहनीले बताए ।

अर्को कुरा सुविधाका कारण पनि सरकारी स्वामित्वका बैंकहरूमा जागिकका लागि मरिहत्ते गर्ने गरेकाे उनको बुझाइ छ । ‘निजी क्षेत्रका बैंकमा तलका कर्मचारीको सुविधा कम र माथिल्लो स्तरको सेक्युरिटी हाइ हुन्छ,’ लोहनीले भने, ‘सिइओ तलब प्राइभेट बैंकमा करोड पाइरहेका हुन्छन् । हामीकहाँ त्यसरी हुँदैन् । सरकारले तोकेको अनुसार हुने हो ।’




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।