यातायात विभागले ल्यायो १४ लाख स्मार्ट कार्ड

Nov 24, 2021 03:29 PM Merolagani

युबराज बस्नेत

फ्रान्सेली कम्पनी सेल्प एसएसएलले तोकिएको समय भन्दा डेढ बर्ष ढिलो गरि १४ लाख स्मार्ट कार्ड ल्याएको छ । एक बर्ष अघि नै ल्याउनु पर्ने कार्ड कोभिडको बाहाना बनाउँदै कम्पनीले आज सो परिणाममा स्मार्ट कार्ड उपलब्ध गराएको हो ।

यातायात विभागले मगाएको स्मार्ट लाइसेन्सका लागि अघिल्लो बर्षको असारमा टेण्डर आह्वान गरेको थियो ।

यातायात विभागले जिम्मा दिएको सो कम्पनीले १४ लाख स्मार्ट कार्ड ल्याए पनि नेपालमा स्मार्ट लाइसेन्सका माग अनुसार स्मार्ट कार्ड सेवाग्राहीलाई स्मार्ट लाइसेन्स दिन नसक्ने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले १४ लाख स्मार्ट कार्ड आज आइपुगेको जानकारी दिए । यो लटमा स्मार्टकार्ड नपाउने सेवाग्राहीले अर्को पटकको टेण्डरबाट कार्ड ल्याएपछि मात्रै लाइसेन्स पाउने उनको भनाई छ ।

सो कार्ड हाल भन्सारमा आइपुगेको छ । तर, ल्याइएको कार्ड भन्दा आठ लाख बढी सेवाग्राहीले लाइसेन्सका लागि मात्रै आवेदन दिएका छन भने अघिल्लो बर्षकाे लकडाउनदेखि अहिलेसम्म १५ लाख बढी नयाँ लाइसेन्सका लागि आवेदन दिएका छन। ट्रायल कटाउने मात्रै ७ लाख बढी रहेको विभागका महानिर्देशकले जानकारी दिए ।

अहिले विभागले विदेश जानेका लागि मात्रै अर्जेण्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ । अर्जेण्ट कार्डका लागि  यातायात व्यवस्था विभागसँग सिमित कार्ड मात्रै बाँकी छ ।

विभागले कार्ड अभावका कारण चालक अनुमति पत्र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीलाई समेत स्मार्ट कार्ड उपलब्ध गराउन सकेको छैन ।

यातायात विभागका एक अधिकारीले भने ‘१४ लाख कार्ड आइपुगे पनि यो परिमाणको कार्डले अहिलेको माग धान्न सक्दैन, त्याे पनि ढिलो गरि आइपुगेको छ ।’ 

विभागको अनलाइन आवेदनमा हाल अफिस समयमा बन्द गरिए पनि दैनिक २२ हजारले नयाँ लाइसेन्सका लागि आवेदन दिइरहेको र शुरु शुरुमा ५० देखि ७० हजारको संख्यामा लाइसेन्स आवेदक देखिएको ती अधिकारीको भनाई छ ।

लाइसेन्स लिने ७ लाख जना हुनुहुन्छ भने अब आउने ग्राहकको लागि नपुग्ने निश्चित रहेको ती अधिकारीको दाबी छ ।

विभागले स्मार्ट लाइसेन्सको विकल्पमा परीक्षणकालीन लाइसेन्स दिन थाले पनि पुराना रिन्यु गर्ने सेवाग्राहीले नै रसिद बोकेर हिड्नुपर्ने बाध्यता छन ।

विभागले केही दिनमै नयाँ लाइसेन्स छपाइ गरी वितरण सुरु हुने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।