दुई कम्पनीको शेयरमूल्य समायोजन

Nov 25, 2021 08:00 AM Merolagani



मंसिर ९ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले नेपाल इन्फ्रास्ट्रक्चर बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने मेरो माइक्रोफाइनान्सको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात नेपाल इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ३३१ रुपैयाँ ४८ पैसा र मेरो माइक्रोफाइनान्सको १ हजार २०० रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। बुधबार नेपाल इन्फ्रास्ट्रक्चरको शेयर प्रतिकित्ता ३५८ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको १ हजार ४४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बिहीबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) ले मंसिर २९ गते अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा साधारण सभा डाकेको हो। सो सभा बिहान ९ बजेदेखि हुनेछ।

सभाले ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै सर्वसाधारण शेयरधनी तर्फबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ।

त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न मंसिर २४ गते, शुक्रबार, होटल वाटर टावर, विदुर, नुवाकोटको सभाकक्षमा नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।