प्रि ओपन सेसन अपडेटः करिब २ अंक बढ्यो नेप्से

Nov 25, 2021 10:51 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १.८९ अंक बढेर २७३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८४ अंक बढेर २७३६.८५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ९ कम्पनीको १५ लाख ५५ हजार ५५१ रुपैयाँ ४० पैसा बराबरको २ हजार ६०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।