प्रि ओपन सेसन अपडेटः करिब २ अंक बढ्यो नेप्से

Nov 25, 2021 10:51 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १.८९ अंक बढेर २७३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८४ अंक बढेर २७३६.८५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ९ कम्पनीको १५ लाख ५५ हजार ५५१ रुपैयाँ ४० पैसा बराबरको २ हजार ६०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।